नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघ्यो,१५६६ जना डिस्चार्ज

नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघ्यो,१५६६ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए।

यीसहित हालसम्म संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ। पछिल्लो २४ घण्टामा १५ सय ६६ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। यीसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ । कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या २ सय ८० पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।