धरानमा काेराेनाबाट ४५ वर्षीया महिलाको मृत्यु

धरानमा काेराेनाबाट ४५ वर्षीया महिलाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । झापाको कन्काई ३ बस्ने ४५ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको हो ।

भदाै १८ गते अस्पतालमा भर्ना भएकी थिइन् । उनमा १८ गते नै कोरोना पुष्टि भएको थियो । योसहित प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।

निमोनिया, कमजोरी र कब्जियतको समस्याका साथै दुईदिनदेखि ज्वरो र स्वास्प्रश्वासमा कठिनाइ भएपछि मेची अस्प्तालमा ती महिला भर्ना भएकी थिइन् । सिकिस्त अवस्था भएकाले उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।