वीर अस्पताललाई कोरोना अस्पताल बनाउने सरकारको निर्णय

वीर अस्पताललाई कोरोना अस्पताल बनाउने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले वीर अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । आइतबार बसेको बैठकले वीरलाई कोरोना अस्पताल बनाउने निर्णय भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले वीर अस्पतालबाट हुने उपचार सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट सञ्चालन हुने जानकारी दिए ।

‘अब वीर अस्पताल कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय भएको छ’,  प्रवक्ता गौतमले भने, ‘त्यहाँ भइरहेका नियमित स्वास्थ्य सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट सञ्चालन गरिने छ ।’

त्यस्तै उनले स्वास्थ्य क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्वयसेवकको रुपमा खटाउने निर्णय भएको जानकारी दिए ।

उनले विभिन्न शिक्षण संस्थामा अध्ययनरत, अनमी, स्टाफ नर्सलगायतका विद्यार्थीलाई आवश्यकता अनुसार सम्झौता गरि कोरोना नियन्त्रण तथा रोकथामका लागि खटाउन सक्ने बताए ।

त्यस्तै मन्त्रालयले सरकारी प्रयोगशालाहरूले आफ्नो परीक्षण क्षमताको ५० प्रतिशतलाई शुल्क लिएर परीक्षण गर्न पाउने भएका छन् ।

यसअघि भने उक्त प्रयोगशालाहरूले क्षमताको २५ प्रतिशतको मात्र सशुल्क परीक्षण गर्न पाउने भनिएको थियो ।