काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । आइतबार मोरङ र सर्लाहीमा दुई जना संक्रमितको मृत्यु भएको हो ।
मोरङको बुढीगंगा गाउँपालिका– ४ का ५२ वर्षीय पुरुषको विराट मेडिकल कलेजमा मृत्युपछि संक्रमण पुष्टि भएको हो ।
निमोनिया, मधुमेह र उच्च रक्तचापबाट पीडित रहेका ती पुरुषको आइतबार दिउँसो उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै वीरगन्जस्थित नारायणी अस्पतालमा चक्रघट्टा गाउँपालिका–३ का ३८ वर्षीय पुरुषको मृत्यु भएको छ । मृतक मधुमेहका बिरामी थिए ।




प्रतिक्रिया