सोलुखुम्बुमा एकै गाउँका चार बालबालिका सम्पर्कबिहिन

सोलुखुम्बुमा एकै गाउँका चार बालबालिका सम्पर्कबिहिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु – माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ बासाका चार बालबालिका सम्पर्कबिहीन भएका छन् । परिवारका अनुसार शनिबार साँझ ५ः०० बजेदेखि उनीहरु सम्पर्कबिहिन छन् ।

स्थानीय कृष्णबहादुर राईका छोरा १२ वर्षीय तुषण राई र आठ वर्षीय सुदिप राई, सोही गाउँका आङछिरि राईका सात वर्षीय छोरा फ्रान्सीस राई र साढे दुई वर्षीया छोरी सिजल राई बेपत्ता छन् ।

साँझपख खेल्नभनी घरबाट निस्केका उनीहरु नफर्किएको बासाखाली माध्यामिक विद्यालयका प्रधानाध्यापक कुमारराज श्रेष्ठले जानकारी दिए । उनका अनुसार शनिबार साँझ देखि नै गाउँलेले खोजी कार्य जारी राखे पनि हालसम्म अवस्था पत्ता लागेको छैन ।

उनीहरुलाई देख्ने जो कोहीले ९८४४६६०५०८ मा सम्पर्क गरि खबर गरिदिन परिवारले अनुरोध गरिएको छ ।