बिस्कुट र दूधमा सेना र व्यापारीको मिलेमतो


काठमाडौं – हाई एनर्जी बिस्कुट खरिदमा नेपाली सेना र आपूर्तिकर्ता कम्पनीले हरेक बर्ष कानुनी प्रावधानलाई उल्लघंन गरेका छन् । बिस्कुट खरिद गर्नुपूर्व आपूर्तिकर्ता कम्पनीले गुणस्तर मापन गर्नुपर्ने र आपूर्ति गरिएका बिस्कुटको गुणस्तर मापन भए–नभएको प्रमाणीकरण गर्नुपर्ने बाध्यकारी प्रावधानलाई दुवै पक्षले उल्लघंन गरेका छन् ।

२०७२ माघ १ गतेदेखि २०७५ पुस मसान्तसम्मका लागि सेनाको हाई एनर्जी बिस्कुट खरिदको जिम्मा चौधरी ग्रुरुपअन्तर्गतको पशुपति बिस्कुट इन्डस्ट्रिज प्रालिले पाएको छ । त्यस्तै, सेनाले करिब १७ करोड रुपैयां बराबरको कन्डेन्स मिल्क पनि चौधरी ग्रुरुपअन्तर्गतकै हेटौंडा इन्डस्ट्रिज प्रालिबाट खरिद गर्दै आएको छ ।

बिस्कुट र दूधको गुणस्तर सेनाले मापन नगराइ आफ्ना जनशक्तिलाई उपलब्ध गराउने गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement