जनता छटपटाइ रहेका छन्, सरकार सत्ता र स्वार्थमा रुमलियोः डिला संग्रौला

जनता छटपटाइ रहेका छन्, सरकार सत्ता र स्वार्थमा रुमलियोः डिला संग्रौला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले कोरोना भाइरसको महामारीले जनता छटपटाइरहेको अवस्थामा सरकार स्वार्थमा रुमलिएको बताएकी छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेकी नेतृ संग्रौलाले भनिन्, ‘महामारीबाट कसरी बच्ने र बिहान बेलुकाको छाक कसरी टार्ने भनेर नेपाली जनता छटपटाइ रहेका छन् , सरकारको रबैया भने सत्ता र स्वार्थमा रुमलिन पुगेको छ ।’

उनले आवस्यक स्वास्थ्य सामाग्री ,अस्पताल ,प्राबिधिक र विशेषज्ञ चिकित्सकका लागि लगानी बढाएर बढदो संक्रमण रोक्न पहलकदमी गर्नुको साटो साढे दुई अरब भन्दा बढी रकम मठमन्दिरमा खर्च गर्न सरकार लागिपरेकोमा आपत्ति जनाएकी छन् ।

‘धार्मिक आस्था प्रतिको नेपालीको मन मन्दिर भित्र नै छ । स्वास्थ्य र भोको पेट भर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्ने हैन र सरकार ?’, उनले प्रश्न गरिन् ।