काठमाण्डु – सरकारले तीन वर्षपछि जग्गाको कित्ताकाट खुलाएको छ । २०७४ सालदेखि बन्द रहेको कृषियोग्य जग्गाको कित्ताकाट आजदेखि खुलेको हो ।
भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले मन्त्रीस्तरिय निर्णयबाट कित्ताकाट खुलेको जानकारी दिए ।
‘जग्गाको खण्डिकरण सम्बन्धी विषय पेश हुँदा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्ण निर्णयहरू बदर गरिएको छ,’ मन्त्रालयको निर्णयमा भनिएको छ, ‘भू–उपयोग नियमावली जारी भई भू–उपयोग नक्शा/डाटा तयार गरी स्थानीय तहलाई हस्तान्तरण भएपछि सोका आधारमा हुने गरी हाललाई भू–उपयोग ऐन २०७६ र प्रचलित कानूनको परिधिमा रही जग्गाको कत्तिाकाट सम्बनधी व्यवस्था खुलाउन विभाग मार्फत मातहत कार्यालयहरुमा निर्देशन दिने भी नेपाल सरकारबाट मिति ०७७/०५/१८ मा निर्णय भएको व्यहोरा निर्णायाअनुसार अनुरोध छ ।’
२०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले बन्द गराएको कित्ताकाट पद्मा अर्यालले फुकुवा गरेकी हुन ।




प्रतिक्रिया