नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार नाघ्यो, १७ सय ३६ जना डिस्चार्ज

नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार नाघ्यो, १७ सय ३६ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा १७ सय ३६ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ३० हजार ६ सय ७७ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

होम आइसोलेसनमा रहनेहरुको संख्या ७ हजार १ सय ९० रहेको छ । यस्तै सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९ हजार २ सय १८ पिसिआर परीक्षण गरिएको छ । क्वारेन्टाइनमा रहनेहरुको संख्या ४ हजार ७ सय ३९ रहेका छन् । आइसियुमा १७१ जना बिरामी उपचाररत रहेको उनले जानकारी दिए ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या तीन सय पुगेको छ ।