बृष र तुला राशिका लागि मंगलबार कति शुभ ? हेर्नुहोस राशिफल

बृष र तुला राशिका लागि मंगलबार कति शुभ ? हेर्नुहोस राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वि.सं.२०७७ साल भाद्र २३ गते । मंगलबार । ईश्वी सन् २०२० सेप्टेम्बर ०८ तारिख । नेपाल संवत् ११४० ।काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ४५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १४ मिनेट । दिनमान ३१ घडी ११ पला । षष्ठी श्राद्ध। शिक्षा तथा साक्षरता दिवस।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौषमको ख्याल गर्नुहोला छाती तथा श्वास प्रश्वास सम्बन्धि समस्या आउँन सक्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरुबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वाताबरण बन्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा रमाउन चाहानेहरुका लागी समय राम्रो रहेकोछ । पढाइ लेखाइमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुनेयोग रहेकोछ । दैनिक जीवनलाई सहज हुने छोटो तथा रमाईलो यात्रा हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुदा आफन्त तथा गुरुजनहरु खुसी हुनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पूरा गर्न गाह्रो पर्नेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । सत्रु परास्त हुने तथा कुनै पनि न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा फैसला हुने हुदा मान सम्मानमा बृद्धि भएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बोलिको प्रभाव बढ्ने हुनाले महत्वपुर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक सम्पति तथा विलाशी वस्तुहरुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा मायामा सामिप्यता बढेर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पति पत्नी विच विश्वासको वातावरण बढ्ने तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईँले गरेको काममा सहयोग प्राप्त हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यावसायबाट भनेजस्तो आम्दानी नहुने हुदा थप काम गर्न जागर हराएर जानेछ । घरमा आफन्त विचनै मनमुटाव बढ्ने योग रहेकोछ भने माया प्रेममा धोका हुन सक्छ सचेत रहनुहोला ।