गण्डकी प्रदेशमा थपिए ५९ जना कोरोना संक्रमित एक जनाको मृत्यु

गण्डकी प्रदेशमा थपिए ५९ जना कोरोना संक्रमित एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका विभिन्न जिल्लाका ५९ जना संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवन र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु गोरखाका १० जना, कास्कीका ३१ जना, तनहुँका ३ जना, बागलुङका ९ जना र नवलपरासी पूर्वका ६ जना रहेका छन् ।

आज संक्रमण पुष्टि हुनेमा पोखरा महानगरपालिकामा रहेको गण्डकी मेडिकल कलेजमा उपचाररत बिरामी छन् । २७ बर्षीया महिला पार्कल्याण्ड अस्पतालकी चिकित्सक हुन् ।

त्यस्तै पोखरा महानगरपालिकामा रहेको पोखरा फुड्स प्रा.लि.मा कार्यरत २० जना महिला र ४ जना पुरुष छन् । अन्य संक्रमित कन्ट्र्याक्ट ट्रेसिङ पहिचान भएका हुन् ।

त्यस्तै कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । कास्की जिल्ला, अन्नपुर्ण–१ का ६३ वर्षीया महिलाको भाद्र २१ गते विहान विरेन्द्र अस्पताल, छाउनीमा निधन भएको छ ।

ब्रेन टुयुमर तथा मृगौलाको समस्या भई अस्पतालमा उपचाररत उनको भाद्र १९ गते कोरोना पुष्टी भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । त्यस्तै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६१२ पुगेको छ ।