काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले युवालाई स्वदेशमै रोजगारी दिन सरकारसँग माग गरेको छ । कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा रोजगारीका लागि दिनहुँ ठूलो संख्यामा युवाहरु भारत गइरहेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।
कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले युवालाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत युवालाई रोजगारीको गरेण्टी गर्न सरकारसँग माग गरेकी छन् । उनले रोजगारी दिने विषयमा बजेटमा ठुल्ठुला कुरा गरिएको बताइन् ।
भारतमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि नेपाल आएका श्रमिकहरुले अहिले पुनः रोजगारीका लागि भारत फर्किरहेका छन् । उनीहरुले भारतमा काम गर्ने भएकाले स्वदेशमा खेतीपाती नभएपछि बाध्यताले कोरोनाको जोखिम मोलेर गएको बताएका छन् ।
‘११अरब ६०करोड रकम छुट्याइएर २ लाख रोजगारी दिने भनियो । बिदेशबाट फर्किएका कोरोना प्रभावितलाई सीप बिकास तालिम आदिमा १ अरब रकम बिनियोजित पनि गरियो । बजेटमा युवा स्वरोजगार कोष ,श्रम सूचना बैंक देखि सीप रुपान्तरण कार्यक्रममा ८ लाखलाई रोजगारी दिने भनियो । तर, खोई कार्यान्वयन गरेको ?’, उनले भनिन्, ‘भक्कानिदै रुदै पुनः आफ्नो देश छोडेर नेपालीहरु बिदेश जान बाध्य भएका छन् ।’
त्यस्तै उनले स्वदेशमा मल नपाएर किसानको श्रम खेर गएको बताइन् । उनले सरकारको बजेट हुने खाने र सत्तामा पहुँच हुनेलाई मात्र हो ? भन्दै प्रश्न गरेकी छन् ।
‘खोइ त ति निसाहाय पीडितको लागि ब्यबस्था फेरिदै फेरिदै गणतन्त्रसम्म आइपुग्दा पनि यस्तै हुने हो भने अब जनताले को संग अपेक्षा गर्ने ?ल, उनले प्रश्न गरिन ।




प्रतिक्रिया