काठमाण्डु उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार ९ सय पुग्यो

काठमाण्डु उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार ९ सय पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ३०० , ललितपुरमा ३८ र भक्तपुरमा ५८ जना रहेका छन् ।

सोमबार उपत्यकामा ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये काठमाण्डुमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना रहेका थिए ।

हालसम्म काठमाण्डु उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार ९ सय ७६ रहेको छ ।