काँग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि

काँग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोराेनाभाइरस संक्रमण भएको छ ।  कोरोनाको आशंकामा स्वाब परीक्षण गर्दा उनमा मंगलबार कोरोना पोजेटिभ देखिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताए ।

तिवारीका अनुसार कोइरालालाई सोमबार ज्वरो आएपछि कोरोनाको आशंकामा सोमबार ह्याम्स अस्पतालमा परीक्षण गराउँदा रिपोर्ट बोर्डर लाइनमा देखिएको थियो । त्यसपछि पुनः स्वाव संकलन गरेर सानेपास्थित स्टार अस्पतालमा परीक्षणका लागि पठाइएमा रिपोर्ट पोजेटिभ आएको तिवारीले जानकारी दिए ।

उनले आफूसहित सचिवालयका सदस्य र केही केन्द्रीय सदस्यको समेत स्वाव परीक्षणका लागि लगिएको र रिपोर्ट भने आउने क्रममा रहेकाे बताए ।