अध्यक्षद्वयको प्रस्तावमा माधव नेपालको १५ बुँदे असन्तुष्टी ‘अलपत्र’

अध्यक्षद्वयको प्रस्तावमा माधव नेपालको १५ बुँदे असन्तुष्टी ‘अलपत्र’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले भदौ २६ गते अर्थात शुक्रबारका लागि बोलाइएको स्थायी कमिटी बैठकका लागि प्रस्ताव तयार पारेका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा तयार पारिएको प्रस्तावमा असन्तुष्ट नेतालाई पनि सम्बोधन गरेर जाने आंकल गरिएको थियो । तर, वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टीलाई नसमेटी दुई अध्यक्षले प्रस्ताव तयार पारेका छन् ।

नेता नेपालले नेकपाको विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदनलाई समेटेर १५ बुँदे असन्तुष्टी जनाएका थिए । उनले महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलको प्रतिवेदनमाथि प्रश्न उठाएका थिए  ।

नेता नेपालले ‘एक व्यक्ति एक पद’ कार्यान्वयन हुनुपर्ने माग राखेका थिए । नेता नेपालले सरकारका कामका विषयमा कुनै उल्लेख नगरिएको भन्दै असन्तुष्टी पोखेका छन् । उनले कार्यदलको उक्त प्रतिवेदनमा केही विषय थपघट गर्नुपर्ने बताएका थिए । नेता नेपाललले कार्यदलको उक्त प्रतिवेदनलाई टालटुलेको संज्ञा दिएका छन् ।

उनले भनेका थिए, ‘दुई अध्यक्षको निर्णय भएपछि त्यो अवस्थामा पार्टी कमिटी प्रणाली के हुन्छ ? प्रतिवेदनमा षड्यन्त्रलाई चिर्दै भनिएकोमा त्यो के भनिएको हो र कसको षडयन्त्र भनिएको हो स्पष्ट हुनुपर्छ ।’

अध्यक्षद्वयले तयार पारेको प्रस्तावमा नेता नेपालका असन्तुष्टीलाई सम्बोधन गरिएको छैनन् । उनीहरुले ‘पार्टीका लागि अस्वस्थ बहस र गुटगत अभ्यास खतरनाक सत्रुजस्तै हो’ भन्दै नेता नेपालतर्फ संकेत गरेका छन् ।

‘पार्टीका लागि अस्वस्थ बहस र गुटगत अभ्यास खतरनाक सत्रुजस्तै हो । स्थापित सिद्धान्त, नीति र विधिको जगमा उभिएको एकताबद्ध पार्टी अग्रगती र प्रगतीको आधार हो भन्ने वास्तविकतालाई राम्रोसँग स्थापित गर्ने निर्णय गर्दछ’, प्रतिवेदनमा भनिएको छ ।