अन्तर्राट्रिय हवाई उडान संख्या थप गर्ने सरकारको निर्णय

अन्तर्राट्रिय हवाई उडान संख्या थप गर्ने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले अन्तर्राट्रिय हवाई उडान संख्या थप गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, पररास्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, पर्यटन मन्त्री योगेशकुमार भट्टराई र श्रम मन्त्री रामेश्वर राय यादवबीच भएको बैठकले अन्तर्राट्रिय उडानको संख्या थप गर्ने निर्णय भएको हो ।

सरकारले पिसिआर रिपोर्ट नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सहरुले थप उडान माग गरेमा अनुमती प्रदान गर्ने निर्णय गरेको हो ।

मन्त्री भट्टराईले कुनै कम्पनीले कम्पनी कै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमती प्रदान गरिने जानकारी दिए । उडान संख्या थपिएसँगै अब दैनिक ३ हजारसम्म स्वदेश आउन पाउने भएका छन् ।

त्यस्तै उनले श्रम कल्याणकारी कोसबाट उद्धार गर्नु पर्नेहरुका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको ब्यबस्था गरिने जनाए ।

‘नियमित उडान नभएका मुलुकमा पिसिआर रिपोर्ट नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान संख्या थप गरिनेछ’, मन्त्री भट्टराईले भने, ‘बिदेशी भुमीमा अप्ठ्यारो अवस्थामा रहनु भएका नेपालीप्रति सरकार संबेदनशील छ ।’

मन्त्री भट्टराईले विदेशमा रहेका नेपालीहरुको स्वदेश फिर्तीका लागि सरकारले सक्दो कोशीस गरिरहेको बताए ।