एमसीसी संशोधनसहित अनुमोदन गर्ने नेकपाको निर्णय, केन्द्रीय कमिटी बैठक डाकियो

एमसीसी संशोधनसहित अनुमोदन गर्ने नेकपाको निर्णय, केन्द्रीय कमिटी बैठक डाकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दुर्घटनाबाट बचाउन सफल भएको बताएका छन् ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकको सुरुमा सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोलीले पार्टीलाई कमजोर बनाउन खोज्ने देशी विदेश शक्तीलाई विफल बनाउन सफल भएको बताएका थिए ।

‘यो बैठकले पार्टीलाई दुर्घटनाबाट बचाउँदै नयाँ एकता र संकल्पसहित सकारात्मक ढंगले अगाडि बढाउने विश्वास लिएको छु’, उनले बैठकमा भने, ‘देशी तथा विदेशी शक्तिहरुले यो पार्टीलाई कमजोर बनाउन र तोडफोड गराउन जो अपेक्षा र चाहना राखेका थिए त्यसलाई विफल बनाउन सफल भइयो ।’

त्यस्तै बैठकको समापनमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी एकताको रक्षा गरेर पार्टीलाई वैचारिक र संगठनात्मक रुपमा अगाडि बढाउनुपर्ने बताएका थिए ।

‘पार्टीलाई वैचारिक रुपमा रुपमा रुपान्तरण गर्ने र पार्टीलाई सांगठनिक रुपमा पनि अझै बढी मजबुत बनाउने गरी आजको बैठकले आधार प्रदान गरेको छ । त्यसकारण स्थायी कमिटी बैठक सफल भएको छ’, उनले भने ।

अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकबाट पाठ सिक्दै पार्टीलाई अझ बढी सुद्धृढ बनाउने बताएका छन् ।

‘बैठकमा भएका छलफलबाट पाठ सिक्दै आगामी दिनमा पार्टी एकतालाई पूरा गर्ने र बहस र छलफललार्ई अगाडि बढाउने, पार्टीलाई अझ बढी सुदृढ गर्ने र महाधिवेशनमा बहसको प्रक्रियालाई उन्नत ढंगले अगाढि बढाएर महाधिवेशन सफल बनाउन आह्वान गर्ने’, उनले भने ।

आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल मौन बसेका छन् । उनले यसअघि राखेको १५ बुँदे असन्तुष्टीबारे बैठकमा आवाज नउठाउको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले अध्यक्षद्वय अ‍ोली र प्रचण्डले पेश गरेको प्रस्तावमा समर्थन जनाएका थिए । नेता नेपालले आफ्नोअसन्तुष्टी दुवै अध्यक्षले बुधबार तयार पारेको प्रस्तावमा नसमेटेको बताएका थिए ।

‘माधव कमरेडले कुनै असन्तुष्ठटी प्रकट गर्नु भएको छैन् । अध्यक्ष कमरेडहरुले प्रस्तुत गर्नुभएको प्रस्तावमा उहाँले सकारात्मक टिप्पणी गर्नुभएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘हाम्रो पार्टी एकताको रक्षा गर्दै नयाँ सम्भावनाको ढोका खोल्ने कुरामा दुवै अध्यक्षलाई धन्यवाद दिनुभयो ।’

त्यस्तै नेकपाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई पास गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

‘एमसीसीको हकमा आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय निकालेको छ । यसबारे छिट्टै निर्णय हुनेछ । तर के संशोधन र परिमार्जन गर्ने भन्‍नेबारेमा पार्टीमा अझै छलफल हुन्छ’, प्रवक्ता श्रेष्ठले भे ।

उनले झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुझावअनुसार नै एमसीसी परिमार्जन हुने बताए ।

‘वरिष्ठ नेता झलनाथ खनाल कार्यदलको प्रतिवेदनलाई पनि ध्यान दिँदै एमसीसीमा संशोधन र परिमार्जन गरिने बुँदा तय हुनेछ’, उनले भने ।

आजको बैठकले चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । महाधिवेशनको तयारीका लागि कात्तिकमा केन्द्रीय कमिटी बोलाइएको छ ।