शनिबार थपिए १२ सय १ कोरोना संक्रमित, ८५२ जना डिस्चार्ज

शनिबार थपिए १२ सय १ कोरोना संक्रमित, ८५२ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको पुगेको जानकारी दिए ।

उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५२४ जना संक्रमित मुक्त भएका छन् ।देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ५२ जना संक्रमित डिस्चार्ज भएका छन् ।