कर्णाली याक्समा पाकिस्तानका हुसैन तलातको इन्ट्री

कर्णाली याक्समा पाकिस्तानका हुसैन तलातको इन्ट्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टेस्ट राष्ट्र पाकिस्तानका हुसैन तलातलाई अनुबन्ध गरेको छ। क्लबले बिहीबार ३० वर्षीय अलराउन्डरलाई भित्र्याएको हो।

लाहोरमा जन्मिएका तलातले सन् २०१८ देखि पाकिस्तानी राष्ट्रिय टिमबाट खेलिरहेका छन्। तीव्र गतिका बलरले पाकिस्तानबाट २३ टी–२० आई खेल खेल्दा ४४१ रन बनाएका छन्। त्यस्तै ६३ विकेट लिएका छन्। यस क्रममा उनले दुई अर्धशतक बनाएका थिए।

एकदिवसीयतर्फ १२ खेल खेल्दा उनले २२४ रन बनाउनुका साथै ६२ विकेट लिएका छन्। लिसट एमा भने १२५ खेल खेल्दा ३ हजार ७५४ रन बनाएका छन्।

यस्तै, १४१ विकेट लिएका छन्। तलातको आगमनसँगै टिमको ब्याटर र बलिङ दुवै मजबुत भएको कर्णाली याक्स स्पोट्स् प्रालिका मालिक गृहेन्द्र घिमिरेले जानकारी गराएका छन्। उनले आगामी दिनमा दुई चर्चित क्रिकेटर अनुबन्ध गर्ने पनि बताए।

कात्तिक ९ गते सुरु हुने एनपीएल तेस्रो संस्करणका लागि कर्णालीको मार्कीमा सोमपाल कामी छन्।

यस्तै राष्ट्रिय टिमबाट खेलिरहेका अलराउन्डर गुल्शन झा र बलर नन्दन यादव पनि कर्णालीमै छन्।

यसैगरी कर्णालीले कर्णाली प्रदेशकै विपिन शर्मा, युनिस विक्रम सिंह र दीपेन्द्र रावतसँगै पवन सरार्फ, युवराज खत्री, दीपक डुम्रे, सुर्य तामाङ, दिवान पुन र सचिन शर्मालाई अनुबन्ध गरेको छ।