काठमाण्डु – आइतबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा पानी परिरहेको छ।तीन दिन देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित वर्षा भइरहेको छ।
आइतबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती देशभर आंशिक देखि सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन,चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
सोमबार देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन,चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश २ र प्रदेश ५ एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
मंगलबार देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन,चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।




प्रतिक्रिया