काठमाण्डु – सभामुख अग्नि सापकोटा सिन्धुपाल्चोक पहिरोस्थलमा पुगेका छन् । आइतबार बिहान जिल्लाको बाह्रबिसे–७ घुम्थाङमा पहिरो जाँदा १८ वटा घर पुरिएका छन् ।
सभामुख सापकोटा आइतबार बिहान स्थलमार्गबाट पहिरोस्थल पुगेका हुन् । उनले पहिरो प्रभावितलाई भेट गरेका छन् । घटनास्थलमा अहिले सुरक्षाकर्मी र स्थानीयले उद्धार कार्य जारी राखेका छन् ।
घटनास्थलबाट ६ जनाको शव भेटिएको छ । दुई ठाउँमा गएको पहिरोमा परि ज्यान गुमाएका ६ जनामध्ये तीन जनाको परिचय खुलेको छ । घुम्थाङ नागपुजेमा गएको पहिरोमा पुरिएकी ६३ वर्षीया भक्तिमाया श्रेष्ठ र भीरखर्कको बिक टोलमा पहिरोमा पुरिएकी २० वर्षीया जुनु बिक र ६० वर्षीया सर्किनी नेवार शव फेला परेको छ ।
नागपुजेमा १५ र भीरखर्कमा नौ गरी अझै २४ जना बेपत्ता छन् । उनीहरुको स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गरिरहेका छन् ।





प्रतिक्रिया