काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालयले कोरोना संक्रमित समुदायलाई सहयोग गर्न ‘कोभिड–१९ स्वयं सेवा’ गठन गरेको छ ।
सचिवालयले कोरोनाका कराण समस्यामापरेका नागरिकको सहयोगका लागि ‘कोभिड– १९ स्वयं सेवा’ गठन गरेको जनाएको छ । प्रवक्ता श्रेष्ठको निजी सचिवालयले खासगरी गरिब, श्रमिक र असहाय समुदायका व्यक्तिहरूलाई यो महामारीको समयमा सहयोग पुर्याउन ‘कोभिड– १९ स्वयं सेवा’ गठन गरिएको जनाएको हो ।
सचिवालयले सरकारको कामलाई सफल बनाउन र कोभिडको संक्रमणबाट समाजलाई बचाउन योगदान गर्न जरुरी रहेको उल्लेख गरेको छ ।
‘कोरोना पुष्टि भएका मानिसहरुलाई थप उपचार तथा अन्य सहयोग आवश्यक परेको खण्डमा अस्पताल, आइसोलेसन सेन्टर प्राप्त गर्न तथा त्यहाँ पुर्याउन सहयोग गर्ने र यदि घरमै आइसोलेसनमा बस्दा हुने अवस्थामा आइपर्ने समस्या र चुनौतीको सामना गर्न सहजिकररण गर्ने’, विज्ञप्तिमा भनिएको छ ।






प्रतिक्रिया