काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले सरकार जग्गा दलालीको चंगुलमा फसेको बताएकी छन् ।
भुमिब्यबस्था ,सहकारी तथा गरिबीनिवारण मन्त्रालयले जमिनको कित्ताकाट फकुवा गर्ने निर्णयको विरोध गर्दै सांसद पन्तले यस्तो बताएकी हुन् ।
‘हालै कित्ताकाट फुकुवा गरेको निर्णयलाई जग्गा दलाली गर्नेको इशारा, चलखेल र द्रब्यमोहको पन्जामा मन्त्रालय फसेको कुरा बाहिरिन पुगेको छ । यसबाट सरकार जग्गा दलालको चंगुलमा फसेको प्रष्ट हुन्छ ’, उनले भनिन् ।
करिब एक बर्ष अघि भू–उपयोग ऐन २०७६ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ संघीय संसदबाट पारित भएको थियो ।
उनले मन्त्रालयले जग्गा ब्यवस्थापनको मुल विषयलाई छोडेर भूमि ब्यबस्था मन्त्रालय सबै ब्यबस्थापनको जिम्मेवारी स्थानीय सरकारलाई हस्तान्तरण नगरी कित्ताकाट तर्फ हचुवाको भरमा लाग्नुको रहस्य के हो ? भन्दै प्रश्न गरेकी छन् ।
‘सरकार चारैतर्फबाट आसेपासे, चाटुकार ,भुमाफिया बिचौलिया र ठेकि कोसेलीमा डुबेको आम नेपालीले महसुस गरेकै छन् । बहुमतको भरमा के जे पनि गर्न छुट छ र ?’, उनले पश््रन गरिन् ।




प्रतिक्रिया