पिसिआरको शुल्क घट्यो, २ हजारमै परीक्षण !

पिसिआरको शुल्क घट्यो, २ हजारमै परीक्षण !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ । यसअघि पिसिआर परीक्षणको शुल्क ४४ सय रुपैयाँ लिइँदै आइएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दुई हजार रुपैयाँमा पिसिआर परीक्षण गर्न सकिने बताए ।

प्रवक्ता गौतमले रिएजेन्टसहितका सामानको मूल्य घटेका कारण पिसिआर परीक्षणको शुल्क घटाइएको जानकारी दिए ।

‘कोभिड–१९ को परीक्षण शुल्क सरकारी, निजी र सार्वजनिक सबै प्रयोगशालामा २ हजारभन्दा बढी नलिने व्यवस्था मिलाइएको छ’, उनले भने ।