काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्ति हुने विश्वास व्यक्त गरेका छन् ।
प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिबारे छलफल गर्न सोमवार मन्त्रिपरिषद्को बैठक बस्दैछ । घिसिङको पुनर्नियुक्तिको चर्चा चले पनि उनको नियुक्ति हुने नहुने अन्यौल नै रहेको छ । कुलमान घिसिङको चार वर्षे कार्यकाल आइतवार सकिएको थियो ।
बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ। उनले उर्जाक्षेत्रमा जे जति योगदान पुर्याएका छन् , त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्।नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङ्को योगदान अझै आबश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा बिस्वस्त छु ।
— NKShresthaPrakash (@nksthaprakash) September 14, 2020




प्रतिक्रिया