दसैंमा प्रहरीको निःशुल्क बस सेवाबाट १ हजार ४०६ जना लाभान्वित

दसैंमा प्रहरीको निःशुल्क बस सेवाबाट १ हजार ४०६ जना लाभान्वित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बडा दसैंको अवसरमा नेपाल प्रहरीले काठमाण्डु उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट १ हजार ४०६ जना सर्वसाधारण लाभान्वित भएका छन् ।

नेपाल प्रहरीले कात्तिक ३ र ४ गते उपत्यकाका तीनवटा रुटमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । उक्त सेवाबाट कात्तिक ३ गते ५१० जना र कात्तिक ४ गते ८९६ जना लाभान्वित भएका हुन् ।

निःशुल्क बस सेवा प्रयोग गर्नेहरूमध्ये ६६९ जना पुरुष र ७३७ जना महिला रहेका छन् ।

दसैंका बेला सर्वसाधारणको सुविधा र सहज आवागमन सुनिश्चित गर्ने उद्देश्यले नेपाल प्रहरीले दुई दिनसम्म निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।