काठमाण्डु – नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामासहित दुई जना पाइलटलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आइतबार स्टार अस्पतालमा स्वाब दिएका दुबै पाइलटको सोमबार बिहान संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि लामासहित अर्का पाइलट होटल सोल्टीको आइसोलेसनमा पुगेका छन् ।
दुबै जनाले निगमको वाइडबडीमार्फत तीन दिन अघिमात्र शान्ति मिसनमा खटिएका नेपाली सेनाको टोलीलाई दक्षिणी सुडान लगेका थिए ।




प्रतिक्रिया