बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु, को बन्ला प्राधिकरणको कार्यकारी निर्देशक ?

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु, को बन्ला प्राधिकरणको कार्यकारी निर्देशक ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको जानकारी दिए । उनले बैठकमा नियमित एजेन्डा रहेको जानकारी दिए ।

आजको बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गर्न सक्ने स्रोतले जानकारी दियो । त्यस्तै रिक्त रहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्त गर्न सक्ने बताइएको छ ।

हालका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुन नियुक्त गर्नुपर्ने आवाज उठिरहेका बेला सरकारले कसलाई नियुक्त गर्छ त्यो भने हेर्न बाँकी छ ।