काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरुलाई अन्तर्वार्ता दिँदा ध्यान दिन आग्रह गरेको छ । मन्त्रालयले आफ्नो लेवल मिल्नेसँग मात्र अन्तर्वार्ता दिन आग्रह गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आफ्नो लेबल नमिल्ने व्यक्तिसँग गएर अन्तर्वार्ता नदिन स्वास्थ्यकर्मी र जनस्वास्थ्यविद्हरूलाई अनुरोध गरेका हुन् ।
‘आजभोलि सामाजिक सञ्जाल, रेडियो तथा टेलिभिजनमा कोरोना केही होइन भन्ने भ्रम छर्ने व्यक्ति निकै संक्रिय रूपमा लागिपरिरहेका छन्’, उनले भने ।
‘केही व्यक्तिले कोरोनाका बारेमा बिना तथ्य र बिना आधार बोलिरहेका छन्,’ डा. गौतमले भने, ‘चिकित्सक,जनस्वास्थ्य विज्ञले मिडियामा अन्तर्वार्ता जाँदा आफ्नो लेबल नमिल्ने मान्छेसँग नजानुहोस् र आफ्नो साइडबाट कमजोर प्रस्तुतिसमेत नगर्नुहोस् ।’




प्रतिक्रिया