काठमाण्डु – सरकारले असोज ५ गतेबाट सार्वजनिक यातायात र हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चैतदेखि बन्द रहेको हवाई उडान र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले स्वास्थ्य मापदण्ड पूरा गरेर आन्तरिक हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात खोल्ने निर्णय भएको हो ।




प्रतिक्रिया