काठमाण्डु – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तीबारे कुनै निर्णय हुन सकेन । आजको मन्त्रिपरिषद्को बैठकमा रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशकको प्रस्ताव नै पेश भएन ।
कुलमान घिसिङको चार वर्षे कार्यकाल पूरा भएपछि रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशक पदमा आजको बैठकले नियुक्ती गर्ने सम्भावना थियो ।
घिसिङको पुनः नियुक्ती हुनुपर्ने माग गर्दै युवाहरुले प्रर्दशन गरिरहेका छन् । त्यस्तै कलाकारहरुले पनि घिसिङलाई नै पुनः नियुक्त गर्नुपर्ने आवाज उठाइरहेका छन् ।
त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले कुनमानको पुनः नियुक्ती हुने सम्भावना रहेको विषयमा आपत्ति जनाएका छन् ।
उनले भनेका छन्, ‘प्रवक्ताको व्यक्तिगत सचिवालयअन्तर्गत अहिले आए आाँसुजस्तो गरी निजी हिसाबमा स्वयंसेवा दस्ता परिचालनको घोषणा अर्को उदेकलाग्दो कार्य जानकारीमा आयो । यो संगती र सरोकार नै नभएको कुरा भयो ।’
उनले पार्टीका प्रवक्ताले कुलमानको पक्षमा खुल्ला लबिङले कतै…कुम्लो बोकी ठिमीतिर जस्तो पो भयो कि ? भन्दै प्रश्न गरेका छन् ।
‘सबै नेताहरूले आफ्नो निकट वा मन परेका व्यक्तिको यसैगरी दबाब र व्यक्तिगत मूल्यांकन सार्वजनिक गर्दै हुनेलाई नहुने र नहुनेलाई हुनेतिर धकेल्नु स्वस्थकर हुन्छ र ? सरकारको मूल्यांकन, परामर्श, प्रक्रिया र निर्णयमा यसो गरेर के गर्न खोजिएको ? पार्टीमा ऊर्जा क्षेत्र हेर्ने जिम्मा र गृहकार्यको संस्थागत दायित्व पनि होइन, अनि यो तरिका किन ? के आशय, अभिप्राय र नियतबाट उत्प्रेरित होला ? बुझ्नै पो कठीन भयो’, उनले भनेका छन् ।




प्रतिक्रिया