काठमाण्डु – प्रधानसेनापति पूर्णचन्द्र थापा र पाकिस्तानका राजदूत डा. मजर जाभेदबीच भेटवार्ता भएको छ ।
आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कने क्रममा रहेका राजदूत जाभेद र प्रधानसेनापति थापाबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ ।
दुई देशका उच्चपदस्थ अधिकारीहरुको भेटवार्ताले दुई देश बीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।




प्रतिक्रिया