काठमाण्डु – प्रहरीले हन्ड्रेड ग्रुपका अध्यक्ष बब्लु गुप्तामाथि भएको निर्घात कुटपिटको घटनामा छानबिन थालेको छ ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा निस्किएका गुप्तामाथि प्रहरीले निर्घात कुटपिट गरेको घटनामा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले छानविन सुरू गरेको हो ।
केन्द्रीय प्रवक्ता एवं एसएसपी कुवेर कडायतले घटनाको विषयमा छानबिन गर्न मेट्रोलाई निर्देशन दिएको जानकारी दिए ।
गुप्तामाथि प्रहरीले लाठी र बुटले निर्घात कुटपिट गरेको थियो । प्रर्दशन गर्न गएको आफू नेतृत्वको समूहमाथि प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरेको गुप्ताको भनाई छ ।




प्रतिक्रिया