लक्ष्मीपूजा, तिहार र छठमा विद्युत् आपूर्ति नियमित राख्न मन्त्री श्रेष्ठद्वारा कमाण्ड सेन्टरको निरीक्षण

लक्ष्मीपूजा, तिहार र छठमा विद्युत् आपूर्ति नियमित राख्न मन्त्री श्रेष्ठद्वारा कमाण्ड सेन्टरको निरीक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले लक्ष्मीपूजा, तिहार तथा छठ पर्वका अवसरमा विद्युत् आपूर्ति व्यवस्थापनका लागि भइरहेका गतिविधिबारे जानकारी लिएका छन् ।

मन्त्री श्रेष्ठले आईतबार साँझ स्यूचाटारस्थित भार प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर) मा रहेको केन्द्रीय कमाण्ड सेन्टरको निरीक्षण गर्दै विद्युत् आपूर्ति प्रणालीको पछिल्लो अवस्थाबारे जानकारी लिए ।

निरीक्षणका क्रममा उनले चाडपर्वको समयमा विद्युत् माग र आपूर्तिको अवस्था, प्रणालीको व्यवस्थापन तथा विद्युत् आपूर्ति नियमित र व्यवस्थित बनाउन भइरहेका तयारीबारे जानकारी लिएका थिए ।

सो अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले चाडपर्वका समयमा विद्युत् आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउन भइरहेका गतिविधिबारे जानकारी गराएका थिए ।