बाग्लुङ र सिन्धुपाल्चोकलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

बाग्लुङ र सिन्धुपाल्चोकलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले बाग्लुङ र सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बाग्लुङ र सिन्धुपाल्चोकलाई विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले संकटग्रस्त जिल्लामा विश्व बैंकमार्फत नेपाललाई प्राप्त हुने पचास मिलियन डलर करिब ६ अर्ब रुपैयाँ खर्च गरिने जानकारी दिए ।

त्यस्तै हिजै बसेको मन्त्रिपरिषद् बैठकले नेपाल र इजरायलबीच श्रम सम्झौता गर्ने निर्णय गरेको छ । त्यसको जिम्मा इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई दिइएको छ । सरकारी तवरबाट केयर गिभर इजरायल जान पाउनेछन् । उनले इजरायली नागरिकले पाउने सुविधा नै पाउने जानकारी दिए ।

त्यस्तै उनले निजामती ट्रेड युनियनको निर्वाचन मंसिर २७ गते गर्ने निर्णय गरेको जानकारी दिए । सरकारले असोज २४ गते हुन लागेको निर्वाचन स्थगित गरेको हो ।