काठमाण्डु – बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाण्डु उपत्यकासहित देशका अधिकांश भू-भागमा पूर्णतया बदली भइ झरी परिरहेको जनाएकाे छ ।
भारतको मध्य प्रदेशको पूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र नेपाल तर्फ उत्तर–पुर्व सर्दैछ । सोही कारण देशभरको मौसम बदली भई वर्षा भएको मौसमविदले बताएका छन् ।
अहिले देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १,२ स्थानहरुमा अति भारी वर्षा भइरहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ ।
सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक-दुई स्थानमा ठूलो पानी पर्ने मौसमविदले जानकारी दिएका छन् । राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।




प्रतिक्रिया