नयाँदिल्ली-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही व्यक्तिले विदेशमा गएर भारतलाई बदनाम गरिरहेको आरोप लगाएका छन्।
बिहीबार नयाँदिल्लीमा आयोजित वर्ल्ड समिट २०२६ लाई सम्बोधन गर्दै मोदीले विश्व नयाँ व्यवस्थाको खोजीमा रहेका बेला भारतमा भने केही मानिसले अराजकताको सपना देखिरहेको बताए।
‘विश्व नयाँ व्यवस्थाको खोजीमा छ। तर भारतमा केही मानिस अराजकताको सपना देखिरहेका छन्। केही मानिस विदेशमा गएर भारतलाई बदनाम गरिरहेका छन्,’ मोदीले भने।
उनले विपक्षी भारतीय कांग्रेसलाई लक्षित गर्दै आफ्नो असफल राजनीतिक उत्पादनको प्रचार गर्न देशलाई कहिलेसम्म दाउमा लगाइरहने भन्दै प्रश्नसमेत गरेका छन्।
मोदीको यो अभिव्यक्ति विपक्षी दलहरूमाथिको राजनीतिक प्रहारका रूपमा आएको छ। उनले विदेशमा भारतलाई बदनाम गरेको आरोप लगाउँदै विपक्षीलाई आक्रमण गरेका हुन् ।


प्रतिक्रिया