ललितपुरको भट्टेडाँडामा पहिरोले दुई वटा टिपर पुरिए, पाँच जना घाइते

ललितपुरको भट्टेडाँडामा पहिरोले दुई वटा टिपर पुरिए, पाँच जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ललितपुरमा दुई वटा टिपर पहिरोले बगाएको छ । वाग्मती गाउँपालिकास्थित कान्ति लोकपथ खण्ड, भट्टेडाँडामा पहिरोले दुई वटा टिपर पुरिएको हो ।

पहिरोले पुरिएर पाँच जना घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

उनले बाटो नभएका कारण घाइतेको उद्धार गर्न समस्या भएको जानकारी दिए । उनले घाइतेलाई हेलिकोप्टरबाट उद्धार गर्ने तयारी भइरहेको जानकारी दिए ।

एसएसपी राईले ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई हेलिकोप्टरका लागि रिपोर्ट गरिएको जानकारी दिए ।