कोरोनाबाट सिडिओका भान्सेसहित तीन जनाको मृत्यु

कोरोनाबाट सिडिओका भान्सेसहित तीन जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । सप्तरी, नवलपरासी र कपिलवस्तुका एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बिहीबार बिहान सप्तरीमा ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनी सरकारी कर्मचारी रहेको बताइएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ)का भान्से हुन् ।

त्यस्तै बुटवलमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा नवलपरासी र कपिलवस्तुका दुई जना पुरुषको मृत्यु भएको हो ।

नवलपरासीका ४९ वर्षीय पुरुषको बिहान ४ बजे र कपिलवस्तुका ५० वर्षीय पुरुषको ७ बजे मृत्यु भएको हो ।