बीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

बीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सप्तरीको राजविराज नगरपालिका–३ का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीको राजविराज नगरपालिका–३ का ६३ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रबक्ता डा. निदेश सापकोटाले बताए ।

विराट मेडिकल कलेज बिराटनगरबाट रिफर भएर आएका उनी असोज ८ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका थिए । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई बिराटनगरबाट धरानस्थित बीपी प्रतिष्ठानमा रिफर गरिएको थियो ।