अस्ट्रेलियाको संसद् भवनको थिएटरमा नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन हुने

अस्ट्रेलियाको संसद् भवनको थिएटरमा नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अस्ट्रेलियाको संसद् भवनको थिएटरमा नेपाली चलचित्र प्रदर्शन हुने भएको छ।

अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संसद् भवनको थिएटरमा विशेष प्रदर्शन हुने भएको हो।

अभिनाशविक्रम शाहको निर्देशनमा तयार भएको चलचित्रको विशेष प्रदर्शन अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहको आयोजनामा अक्टोबर २६मा प्रदर्शन गरिनेछ ।

क्यानबेरास्थित नेपाली दूतावास र फेडेरेसन अफ नेपाली कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलियाले प्रदर्शनको सहजीकरण गरेको छ भने व्यवस्थापकीय जिम्मेवारी स्पिडविङ्स प्रालि अस्ट्रेलियाले लिएको छ ।

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु, मानवीय सहयोगका लागि आर्थिक स्रोत जुटाउनु र नेपाल तथा अस्ट्रेलियाबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउनु प्रदर्शनको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

क्यानबेरामा विशेष प्रदर्शनपछि नोभेम्बरमा अस्ट्रेलियाका प्रमुख सहरहरूमा समेत चलचित्र प्रदर्शन गर्ने तयारी छ।