आईतबार तपाईंको दिन कस्तो रहला ? हेर्नुहोस राशिफल

आईतबार तपाईंको दिन कस्तो रहला ? हेर्नुहोस राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वि.सं.२०७७ साल असोज ११ गते । आईतबार । ईश्वी सन् २०२० सेप्टेम्बर २७ तारिख । नेपाल संवत् ११४० । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ५४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५२ मिनेटमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यावसायिक यात्राको तयारि गर्न सकिनेछ भने यात्रा उपलव्धी मुलक नै रहनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेकोछ । शाहसिलो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी प्रसाद तथा टिका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दाजुभाई तथा छिमेकीसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जानेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँ कै पक्षमा आउँनेछन् भने बिवादलाई हल गर्दै अगाडि बढ्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा लगानी बढाई मनग्गे लाभ लनी सकिनेछ भने शेयर बजारमा गरीएको लगानी फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउँने समय रहेकोछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेकोछ । साथिभाई तथा आफन्त सँगसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानीबाट मनग्गे भन लाभ हुने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्वास्थ्य सम्वन्धी सामान्य समस्याले सताउँने भएपनि काम गर्न असहज हुन छैन । माया प्रेममा एक अर्कालाई बुझ्दै अगाडि बढ्न सकिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नभए पनि घाटा लाग्ने छैन ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आमा वा अग्रजको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारमा आफन्तसँगको सम्बन्ध सुदृड भएर जानेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले जीवनमा सफल भएको महशुष हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ काम पाउने तथा गरीरहेको ठाउमा बढुवा हुनेछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन तथा सम्पती कमाउन सकिनेछ । समयले साथ दिने हुनाले अन्य बौद्धिक क्रिर्याकलापमा पनी ध्यान जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रेम तथा मित्रताको वन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखि रहनेछ । बिभिन्न भौतिक वस्तु तथा विलाशी सामानको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मनजाने हुनाले अग्र स्थानमा तपार्ईँको नाम आउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेकोछ । साथिभाई तथा आफन्त सँगसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानीबाट मनग्गे भन लाभ हुने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  अध्ययनमा मन सुधार हुँदै जानेछ भने आफन्त तथा सहयोगिहरुको सहयोगले शरीरमा थप उर्जा बढ्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दिगो फइदा हुने व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगती हुनेछ । रचानात्मक तथा कृतिमानी काम शुभारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ ।