काठमाण्डु – नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आइतबार बिहान सांसद श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको हो । उनले शनिबार स्वाव दिएका थिए । उनले आफू अहिले होम आइसोलेसनमा रहेको बताए ।
‘मेरो स्वास्थ्य अवस्था सामान्य छ । मसंग प्रत्यक्ष भेटघाट र सम्पर्कमा रहनुभएका सबैले आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्दछु,’ उनले भने ।




प्रतिक्रिया