बालुवाटार सहमतिः पुराना केही मन्त्री फालेर नयाँलाई चान्स !

बालुवाटार सहमतिः पुराना केही मन्त्री फालेर नयाँलाई चान्स !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच चाँडै मन्त्रिमण्डल पुर्नगठन गर्ने सहमति भएको छ ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा केहीदिनभित्रै मन्त्रिमण्डल पुर्नगठन गर्ने सहमतिमा दुवै अध्यक्ष पुगेका हुन् ।

आजको भेटवार्तामा दुवै अध्यक्षबीच छलफललाई निरन्तरता दिने सहमति भएको छ । नयाँ मन्त्रीको नाम सिफारिसलगायतका विषयमा सहमति हुन बाँकी रहेको स्रोतले जानकारी दियो ।

‘आजको भेटवार्तापछि उहाँहरु केही दिनमा नै मन्त्रिमण्डल पुर्नगठनको सहमतिमा पुगिसक्नु भएको छ’, एक स्थायी कमिटी सदस्यले भने, ‘दुई वर्ष मन्त्रालय सम्हालेका केही मन्त्रीलाई बिदा गर्ने सहमति भएको रहेछ ।’

त्यस्तै दुवै अध्यक्षबीच पहिलो मन्त्री नभएका सांसदलाई मन्त्री बनाउने विषयमा छलफल भएको तीन स्थायी कमिटी सदस्यले जानकारी दिए । उनकाअनुसार धेरैपटक सांसद भएका तर, मन्त्री बन्न नपाएकाले योपटक मौका पाउनेछन् ।

‘धेरै पटक सांसद जितेर मन्त्री बन्न नपाउनु भएका साथीहरु पनि हुनुहुन्छ । अब उहाँहरुले पनि स्थान पाउनुपर्ने आवाज पार्टीभित्र उठेको छ’, ती नेताले भने, ‘सम्भवत केही दिनभित्रै मन्त्रिमण्डल पुर्नगठन हुन्छ ।’