नार्कको कार्यकारी निर्देशकमा डा. दीपक भण्डारी नियुक्त

नार्कको कार्यकारी निर्देशकमा डा. दीपक भण्डारी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई नार्कको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले आकस्मिक बैठक भनिए पनि महत्वपूर्ण निर्णय नभएको स्रोतले जानकारी दियो । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मन्त्रिमण्डल पुर्नगठनका विषयमा छलफलपछि मन्त्रिपरिषद्को बैठक डाकेका थिए ।

आजको बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता गर्ने निर्णय गरेको छ । बैठकले इजरायलयका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियार प्रदान गरेको छ ।