काठमाण्डु उपत्यकामा थपिए ८०९ जना कोरोना संक्रमित

काठमाण्डु उपत्यकामा थपिए ८०९ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ६३३ , ललितपुरमा १०४ र भक्तपुरमा ७२ जना रहेका छन् ।

यस्तै शनिबार ७ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जना रहेका थिए ।

यो सहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या २१ हजार ५ सय ४ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।