दार्चुलाको दत्तुमा सशस्त्र प्रहरीको बिओपी स्थापना

दार्चुलाको दत्तुमा सशस्त्र प्रहरीको बिओपी स्थापना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलाको महाकाली नगरपालिका वडा नं.०९ दत्तुमा सशस्त्र प्रहरीको बिओपी स्थापना भएको छ ।

आइतबार सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकीले सशस्त्र प्रहरी बल, नेपाल बिओपीको उद्धघाटन गरेका छन्।

उद्घाटन कार्यक्रममा बोल्दै उनले सशस्त्र प्रहरी बल, अधिकृत तथा जवानहरुलाई सीमा सुरक्षाको संवेदनशिलताको बारेमा प्रकाश पार्दै ईमान्दार भई देशको सीमा सुरक्षा र व्यवस्थापन गर्नका साथै आफ्नो कर्तव्य पालनमा अडिग रहि अघि बढ्न निर्देशन दिएका छन् ।

उद्धघाटन कार्यक्रममा उपस्थित हुनु भएका महाकाली नगरपालिका वडा नं. ०९ का वडा अध्यक्ष हर सिंह डाँगाले बिओपी स्थापना पश्चात सीमा अपराध, शान्ति सुरक्षा, अवैध चोरी निकासीमा सशस्त्र प्रहरी बल, नेपालले प्रभावकारी भुमिका निभाउने बिश्वास व्यक्त गर्नुका साथै स्थानिय जनता सदैव सशस्त्र प्रहरी बल, नेपालको साथमा रहेको बताए ।

सो कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं.४४ गण हे.क्वा. दार्चुलाका गणपति नरेन्द्र बमको समेत उपस्थिति रहेको थियो ।

उक्त बिओपीको जिम्मेवारी ईलाका महाकाली नगरपालिका वडा नं. ०९ का बेत, उडै, चुच्चै, दत्तु, सरकार र धापको सीमा ईलाका रहेको छ ।