काठमाण्डु – चाइना फाउण्डेसन फर पोभर्टी एलिभिएसन नेपालले काठमाण्डुकाे दक्षिणकाली नगरपालिकामा ६ सय बढी विद्यार्थीको परिवारलाई खाद्य सामग्री सहयाेग गरेकाे छ ।
सफा सुनौलो नेपालसँगकाे सहकार्यमा फाउण्डेसनले नगरपालिकामा रहेका ६ वटा विद्यालका ६५९ विद्यार्थीको परिवारलाई खाद्यान्न वितरण गरिएकाे हाे ।फाउण्डेसनका प्रतिनिधि कवित कुमार नेपालीले दक्षिणकाली नगरपालिकाका ६५९ विद्यार्थी परिवारलाई खाद्यान्न अन्तर्गत चामल, तेल लगायतका दैनिक उपभोग्य वस्तु वितरण गरिएको बताए ।
उहाँका अनुसार नगरपालिकामा रहेका डल्लु आधारभुत विद्यालय, अरुणाेदय माध्यमिक विद्यालय, फर्पिङ मा.वि इन्द्रायणी आ. वि, सेतीदेवी मा.वि र मनकामना आ.विका विद्यार्थीको परिवारलाई खाद्यान्न वितरण गरिएकाे हाे ।
कार्यक्रममा नगरपालिकाका प्रमुख माेहन बस्नेत, उप -प्रमुख बसन्ती डंगाेल तामाङ, वडाका प्रमुखहरू, सम्बन्धित विद्यालयका प्रतिनिधि लगायतकाे उपस्थिति थियाे ।




प्रतिक्रिया