बझाङ हत्या प्रकरणः संघीय सांसदले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र

बझाङ हत्या प्रकरणः संघीय सांसदले गृहमन्त्रीलाई बुझाए ज्ञापनपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सांसदहरुले बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया बालिकाको हत्यामा संलग्नलाई कडा कारबाही गर्न गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाएका छन् ।

संघीय संसदबाट प्रतिनिधित्व गर्ने सांसदहरुले बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले बालिका परिवार र समाजमा असुरक्षित रहेको भन्दै तीनै तहका सरकारलाई सक्रिय बनाउन माग गरेका छन् ।