काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारीलाई हदैसम्मको कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । गृहमन्त्री बादलले महिला हिंसा रोक्न निष्ठापूर्वक प्रयास गरिरहेको बताएका हुन् ।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री बादलले दैनिक ६/७ जनामाथि बलात्कार भइरहेको बताए । उनले बझाङमा घटेको घटना ह्रृदयस्पर्शी भएको पनि बताए ।
‘दैनिक ६–७ जनामा बलात्कार हुने गरेका घटनाहरु आइरहेका छन् । सरकारले यसलाई रोक्न निष्ठापूर्वक प्रयास गरिरहेको छ’, उनले भने ।
महिला सांसदहरुले बलात्कारीलाई मृत्युदण्डको कानुन आवश्यक भएको बताएका थिए ।




प्रतिक्रिया